Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ ।

घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा रा १ ख २५११ नम्बरको टिपरले सोमबार साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी राजन अधिकारीको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते बालक अधिकारीको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको थियो ।

टिपर चालक तुलसीपुर उपमहानगरपालिका–१४ निवासी २६ वर्षीय टिपर चालक राजकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

घटनापछि स्थानीयले दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै घोराही–लमही सडकखण्ड अन्तर्गत कुइरेपानीमा सडक अवरुद्ध गरेका छन्  ।

प्रतिकृया दिनुहोस