कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।
५२८औँ गोस्वामी तुल्सीदास जयन्तीका अवसरमा कृष्णसारकर्मी साबित्री गिरीलाई र सन्ध्या शर्मालाई सम्मान गरिएको छ । गिरीलाई “अवधी सञ्चार भुषण –२०८२” बाट (अवध क्षेत्रका शिक्षा,स्वास्थ्य ,भाषा तथा संस्कृति लगायत विकासका विविध सवालमा ) पत्रकारिता मार्फत आवाज उठाएको भन्दै अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्यालय नेपालगन्ज बाँकेले आज एक समारोहका बीच सम्मान गरेको हो ।
यसैगरी शर्मालाई शिक्षा ,कला ,साहित्य ,संस्कृति र समाजसेवाको योगदानलाई मुल्यांकन गर्दे सम्मान गरिएको हो । ५२८औँ गोस्वामी तुल्सीदास जयन्तीका अवसरमा विविध कार्यक्रम भब्यताका साथ सम्पन्न गरीएको छ । कार्यक्रममा अवधी भाषा, साहित्य र संस्कृति संरक्षणमा योगदान पु¥याउने ४० जना व्यक्तिहरूलाई विशेष सम्मान प्रदान गर्दै तुल्सीदासको योगदानलाई स्मरण गरिएको छ ।
प्रतिष्ठानका उपाध्यक्ष शुशीला वैश्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मधेशी आयोगका अध्यक्ष जिवछ शाहले तुल्सीदासको योगदानको कदर गर्दे अवधी सभ्यताको बिषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा भारतबाट विशेष अतिथिका रूपमा आमन्त्रित अवधी भाषा प्रबद्र्धक सन्दीप मिश्रा र इन्द्रेश बहादुर भदौरियालाई अवधी भाषा संरक्षणमा पु¥याएको विशिष्ट योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको थियो। त्यसैगरी अवधी भाषी पत्रकार शन्ध्या शर्मा , चन्द्रेश्वर त्रिपाठी र नन्दलाल साहुलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा आयोजित बहुभाषिक कवि गोष्ठीमा अवधी, नेपाली, मैथिली लगायत भाषामा साहित्यकारहरूले आफ्ना रचनाहरू प्रस्तुत गरेका छन । गोष्ठीले विविध भाषाको समन्वय मार्फत तुल्सीदासको योगदानप्रति श्रद्धा अर्पण गरेको छ । सांस्कृतिक पक्षमा अवधी भाषी महिलाहरूले सोहर, कजरी गीत, विवाह गीतजस्ता मौलिक अवधी प्रस्तुति दिएर कार्यक्रमको वातावरण झनै भावनात्मक र सांस्कृतिक रुपमा समृद्ध बनाएका थिए।कार्यक्रमको सञ्चालन विष्णुलाल कुमालले गरेका गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस